बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

बीबीसीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।

बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र
काठमाडौं । निर्वाचन आयोगले बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगले बिहीबार (फागुन १४) चुनावका बेलामा विवादित भिडियो ल्याइएको भन्दै हटाउन पत्राचार गरेको हो । बीबीसीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।