निर्वाचनको मुखमा २३ सहसचिवको सरुवा, को-कहाँ ?

आयोगकै अनुमतिमा फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार जानकारी गराएको छ।

निर्वाचनको मुखमा २३ सहसचिवको सरुवा, को-कहाँ ?
काठमाडौं । सरकारले निर्वाचनको एकसाता पहिले २३ जना सहसचिवलाई सरुवा गरेको छ। निर्वाचन आचार संहिता लागू भएपछि सरुवा, बढुवा गर्न नमिल्ने भएपनि निर्वाचन आयोगको अनुमति लिएर बाधा पर्नेछैन। आयोगकै अनुमतिमा फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार जानकारी गराएको छ। सरुवाको निर्णय अनुसार गृह मन्त्रालयमा तीन जना सहसचिव लगिएको छ। तर गृह वा मातहतका एक जना पनि सहसचिव सरुवा भएका छैनन्। सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका कृष्णप्रसाद खनाल, खडानन्द अधिकारी र डिजन भट्टराईलाई गृह मन्त्रालय सरुवा गरिएको छ। विभिन्न कार्यालयमा सरुवा हुनेमा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छन्।