काठमाडौं । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तीमगरसहितका नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । आज निसीखोलामा आयोजित कार्यक्रममा प्रदेश सदस्य अमरसिंह घर्तीमगरसहितका ४० बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य कुविर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार नेकपा एमालेका मिलन घर्तीमगर, ज्ञान विसी, लिला बुढामगर, विशाल घर्तीमगर मान बुढा, सोमबहादुर घर्तीमगर, ज्ञानु घर्तीमगर, राम घर्तीमगर, नविन घर्तीमगर, सन्देश घर्तीमगर, हेम रेग्मी, श्याम घर्तीमगरसहितका युवाहरु नेकपामा समाहित भएका छन् । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाले पार्टीमा स्वागत गरेका थिए ।
एमाले गण्डकी प्रदेश सदस्यसहितका नेता नेकपामा समाहित
आज निसीखोलामा आयोजित कार्यक्रममा प्रदेश सदस्य अमरसिंह घर्तीमगरसहितका ४० बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य कुविर विश्वकर्माले जानकारी दिए ।

