सर्लाहीमा गोली प्रहार गरी इन्जिनियर यादवको हत्या

गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनको मुटुनजिक गोली लागेको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

सर्लाहीमा गोली प्रहार गरी इन्जिनियर यादवको हत्या
काठमाडौं । सर्लाहीको मलंगवामा गोली प्रहारबाट पूर्वाधार विकास कार्यालयमा कार्यरत सबइन्जिनियर प्रमोद यादवको हत्या भएको छ । यादवमाथि आइतबार साँझ करिब ७ः५० बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटना मलंगवा नगरपालिका–१० मा भएको हो । गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनको मुटुनजिक गोली लागेको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनाको कारण खुल्न बाँकी रहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।