काठमाडौं । ‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार क्लबले विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरिरहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने उनले जानकारी दिए । क्लब स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन्।
एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र नभएर नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको उनको भनाइ छ ।
रातको समयमा ठमेल घुम्न आउनेहरूका लागि एलओडी गन्तव्य बनेको उनको दाबी छ । ठमेल आउने हरकोही एकपटक एलओडी जाने गरेको उनले बताए ।
क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएको उनले बताए । उनले भने,'यो स्थान कलाकारहरूका लागि सुन्दर प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।'
ठमेलमा गन्तव्य बनेको ‘एलओडी क्लब’ सातौँ वर्षमा
वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने उनले जानकारी दिए । क्लब स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन्।

