सुनवल । नेपाली कम्युनिष्ट पार्टी नवलपरासी क्षेत्र नम्बर २ को पाल्हीनन्दन गाउँपालिकामा चुनावी तथा घरदैलो अभियान सुरु भएको छ । शुक्रबारबाट घरदैलोसहितको चुनावी अभियान सुरु गरिएको नेकपाका जिल्ला इन्चार्ज भविश्वर तिवारीले जानकारी दिए ।
उनका अनुसार शुक्रबार पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ र ६ मा चुनावी सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्र पौडेलले जिल्लाको समग्र विकासका लागि नेकपालाई भोट हाल्न आग्रह गरेका छन् । जिल्लालाई केन्द्रसँगको पहुँच लैजाने र महिला, गरिब, जनजाति मधेश, थारु मुस्लिम तथा उत्पीडित वर्गको अधिकार प्राप्तिका लागि आफू लडिरहने प्रतिवद्धता व्यक्त गरे ।
'यहाँका समस्याहरुसँग म जानकार छु,' उनले भने, 'यहाँको विकास र समस्या समाधानका लागि म लडिरहनेछु ।' मधेशमा नागरिकता नहुँदा जनताले पाएको समस्या आफूलाई जानकार रहेको बताउँदै तत्कालीन प्रधानमन्त्री प्रचण्ड हुँदा अधिकांशको समस्या समाधान भएको जिकिर गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज भविश्वर तिवारी, केन्द्रीय सदस्य सुरेन्द्र पटेल, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु गुप्ता, प्रदेश सदस्य कृष्ण चन्द यादव, वाइसीएल जिल्ला अध्यक्ष अनिल रजकलगायतले बोलेका थिए ।