काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
उनीसँगै विप्लव माओवादीको विद्यार्थी संगठन अखिल (समाजवादी)का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायतलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा औपचारिक रुपमा प्रवेश गराउदैँछन् । ढकालसँगै विप्लव नेतृत्वको नेकपाबाट आठ जना केन्द्रीय सदस्य नेकपा प्रवेश गरेको जनाइएको छ । ढकाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार समेत हुन् । उनी अधिवक्ता समेत रहेका छन् ।
ढकाल पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का विस्वास पात्र थिए ।
नेकपा माओवादीबाट काठमाडौं ६ मा उठेका उम्मेदवार ढकाल नेकपामा प्रवेश
उनीसँगै विप्लव माओवादीको विद्यार्थी संगठन अखिल (समाजवादी)का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायतलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।