सुनवल । नेपाली कम्युनिष्ट पार्टी नवपरासी क्षेत्र नम्बर २ ले सुनवल नगरपालिका-१२ भूमहीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । मंगलबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्र पौडेलले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै देशव्यापी रुपमा नेकपाको माहोल बढेको बताउँदै पश्चिम नवलपरासी-२ मा आफ्नो जित सुनिश्चत भएको बताएका छन्।
नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, 'जनता हामीप्रति सकरात्मक छन्, प्रत्येक जनताको माझमा पुगेर उनीहरुको गुनासा सुन्ने र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।'
देशमा अन्य पार्टीहरुमा विभिन्न खालका समस्या आइरहेको बताउँदै नेकपामा सामान्य बाहेक ठूला समस्या नरहेकाले जनतामा जाँदा आफ्ना एजेण्डासहित एक ढिक्का भएर जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा नवलपरासीका इन्चार्ज भुमिश्वर तिवारीले नेकपा नै जनताको पार्टी भएको बताएका छन् ।
नेकपा सुनवलको कार्यालय उद्घाटन गर्दै पौडेलले भने-'देशव्यापी नेकपाको माहोल छ'
देशमा अन्य पार्टीहरुमा विभिन्न खालका समस्या आइरहेको बताउँदै नेकपामा सामान्य बाहेक ठूला समस्या नरहेकाले जनतामा जाँदा आफ्ना एजेण्डासहित एक ढिक्का भएर जानुपर्नेमा जोड दिए ।