केपी ओलीले भने-‘पब्लिक डिबेट’का लागि तयार छुु'

देशको नेतृत्व गर्न खोज्ने दलका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक रहको ओलीले बताएका छन् ।

केपी ओलीले भने-‘पब्लिक डिबेट’का लागि तयार छुु'
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ‘पब्लिक डिबेट’का लागि तयार रहेको बताएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक रहको ओलीले बताएका छन् । ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु’, ओलीले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु।’ ओलीले आउँदो फागुनको चुनाव ‘देश जलाउने र देश बनाउने’ पक्षबीचको प्रतिस्पर्धा रहेको समेत उल्लेख गरेका छन् । यतिबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको भन्दै ओलीले आफू त्यसका लागि तयार रहेको बताएका हुन् । ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ’, ओलीले लेखेका छन्, ‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ ।’