डोल्पामा उज्यालो नेपाल पार्टीकै उम्मेदवार कांग्रेस प्रवेश

उनले कांग्रेस प्रवेश गरेपनि उनको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस अघिपनि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेकी थिइन् ।

डोल्पामा उज्यालो नेपाल पार्टीकै उम्मेदवार कांग्रेस प्रवेश
काठमाडौं । डोल्पामा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट कांग्रेस प्रवेश गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका विष्टले शनिबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस सहमहामन्त्री एवं कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका कर्णबहादुर बुढाले पार्टीमा प्रवेश गराएका हुन् । उनले कांग्रेस प्रवेश गरेपनि उनको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस अघिपनि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेकी थिइन् ।