महावीर पुनलाई रास्वपा उमेदवार युवराज रोकाको समर्थन

शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले आफ्नो समर्थन पुनलाई रहेको बताएका हुन् । तर, उनको उमेदवारी भने कायमै छ । पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचन लड्दै छन् ।

महावीर पुनलाई रास्वपा उमेदवार युवराज रोकाको समर्थन
काठमाडौं । म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार युवराज रोकाले आफ्नो समर्थन महावीर पुनलाई रहेको बताएका छन् । शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले आफ्नो समर्थन पुनलाई रहेको बताएका हुन् । तर, उनको उमेदवारी भने कायमै छ । पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचन लड्दै छन् ।