सन्दीपले लिए तेस्रो विकेट, नेपाललाई छैटौँ सफलता

स्कटल्याण्डविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।

सन्दीपले लिए तेस्रो विकेट, नेपाललाई छैटौँ सफलता
काठमाडौँ । स्कटल्याण्डविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले २५औँ ओभरमा स्कटल्याण्डको छैटौँ विकेट लिएका हुन् । सन्दीपले यस खेलमा लिएको यो तेस्रो विकेट हो । सन्दीपले २२ रन बनाएर खेलिरहेका स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनलाई आउट गरेका हुन् । यस अघि कुशल मल्लले २ र कुशल भुर्तेलले एक विकेट लिएका थिए । टस हारेर पहिला ब्याटिङ गरिरहेको स्कटल्याण्डले यो समाचार तयार गरुन्जेल २५ ओभरमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको छ ।