काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिँदै बालेन

पार्टी कार्यालयमा पहिलोपटक आउने भएपछि उनका लागि स्वागत गर्न कार्यालयमा विशेष तयारी गरिएको छ । शाहका लागि चस्मतिस्थित पार्टी कार्यालयमा छुट्टै विशेष कार्यकक्ष तयार परिएको छ । शनिबार राति अबेरसम्म उक्त कार्यकक्ष तयार पारिएको थियो ।

काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिँदै बालेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज पहिलोपटक पार्टी कार्यालय चमति जाँदै छन् । उनको सचिवालयका अनुसार उनी दिउँसो १ बजे घण्टीघर पुग्ने छन् । १३ पुसमा रास्वपा प्रवेश गरेका शाह यसअघि ललितपुरको ज्वागलबाटै पार्टी गतिविधिमा सक्रिय थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगर प्रमुखमा विजयी बनेका शाहले आजै राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ । पार्टी कार्यालयमा पहिलोपटक आउने भएपछि उनका लागि स्वागत गर्न कार्यालयमा विशेष तयारी गरिएको छ । शाहका लागि चस्मतिस्थित पार्टी कार्यालयमा छुट्टै विशेष कार्यकक्ष तयार परिएको छ । शनिबार राति अबेरसम्म उक्त कार्यकक्ष तयार पारिएको थियो । बालेन र सभापति रवि लामिछानेले छोटो सम्बोधन गर्ने तालिका छ । त्यस्तै, उनीहरू दुवै आजै जनकपुर प्रस्थान गर्ने छन् । जनकपुरमा सोमबार रास्वपाले विशेषसभाको आयोजना गरेको छ । बालेनसमेत सहभागी हुने उक्त सभालाई रास्वपाले मधेश केन्द्रित विशेष अभियान ठानेर चुनावी महाअभियानमा होमिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।