वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी

बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका उनले राष्ट्रिय सभाका सदस्य प्रतिनिधिसभामा उम्मेदवार हुन नपाउने संवैधानिक व्यवस्था भएकाले राजीनामा दिन लागेको बताएका छन्।

वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी
काठमाडौं । नेकपा वरिष्ठ नेता वामदेव गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने भएका छन्। बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका उनले राष्ट्रिय सभाका सदस्य प्रतिनिधिसभामा उम्मेदवार हुन नपाउने संवैधानिक व्यवस्था भएकाले राजीनामा दिन लागेको बताएका छन्। पछिल्ला दुई दिनदेखि गौतम बर्दिया–१ का विभिन्न स्थानमा मतदातासँग भेटघाटमा सक्रिय छन्।