सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार उन्मुख

ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको ।

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार उन्मुख
काठमाडौं । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको  छ । भारतको नेसनल बर्न्स सेन्टरको आईसीयुमा भण्डारीको उपचार भइरहेको र आत्तिनु पर्ने अवस्था नभएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन् । चिकित्सकहरूका अनुसार सांसद भण्डारीका सबै हेल्थ प्यारामिटरहरू नर्मल रहेका छन् । राती शरीरमा फ्लुडको मात्रा डबल गरिएको छ भने अहिले १०ः३० मा पहिलो सर्जरी गर्ने र दिउसो १ः३० बजे दोस्रो सर्जरी गर्ने योजना रहेको छ । भण्डारीको हृदयको चाल पनि नर्मल रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।