आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति खड्काले बुझाए आयोगमा विवरण

उनले पार्टीका निर्णयहरूसहित विभिन्न प्रतिवेदन र दस्तावेजहरू आयोगमा आज बुझाएका हुन्। कार्यवाहक सभापति खड्काले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पार्टी आधिकारिकता दाबी गर्दै विवरण पेस गरेका हुन्।

आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति खड्काले बुझाए आयोगमा विवरण
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी आधिकारिकता दाबी गर्दै विवरण पेस गरेका छन्। उनले पार्टीका निर्णयहरूसहित विभिन्न प्रतिवेदन र दस्तावेजहरू आयोगमा आज बुझाएका हुन्। कार्यवाहक सभापति खड्काले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पार्टी आधिकारिकता दाबी गर्दै विवरण पेस गरेका हुन्। यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको कार्यसमितिले पनि आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न मागहित कागजात पेस गरेका थिए।