बन्दसूचीबाट नाम फिर्ता लिन ६१ जनाले दिए निवेदन

सबैभन्दा बढी निवेदन जनमत पार्टीबाट २० जनाले दिएका छन् । यस्तै राप्रपाको १२ जना, नेकपा एमालेको ५ जना, विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जना रहेका छन् ।

बन्दसूचीबाट नाम फिर्ता लिन ६१ जनाले दिए निवेदन
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश भएकामध्ये अहिलेसम्म ६१ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । सबैभन्दा बढी निवेदन जनमत पार्टीबाट २० जनाले दिएका छन् । यस्तै राप्रपाको १२ जना, नेकपा एमालेको ५ जना, विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जना रहेका छन् । निवेदन दिएका दलहरुलाई भोलि फिर्ता लिएको जानकारी दिइने निर्वाचन आयोगले जनाएको छ । २ गतेसम्म दलले फिर्ता लिएको ठाउँमा नयाँ उम्मेदवारको नाम पेश गर्ने र ४ गते बन्दसूचीको प्रारम्भिक नामावली आयोगले सार्वजनिक गर्ने आयोगको तयारी छ ।