गगन र विश्वप्रकाशसँग वार्ता गर्न देउवा तयार

उनले अगाडि भने, ‘उहाँहरूले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्नुभएको छ । प्रक्रियालाई विधिसम्मत ढंगले टुंग्याउन, कांग्रेसका मनलाई जोड्न पनि महामन्त्रीसँग छलफल गर्ने कुरामा सभापति तयार हुनुभएको छ ।'

गगन र विश्वप्रकाशसँग वार्ता गर्न देउवा तयार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संकट समाधान गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । आफूनिकटका नेतासँगको छलफलका क्रममा देउवाले महामन्त्रीहरूसँग छलफल गर्न तयार भएको जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए । ‘विशेष महाधिवेशन पक्षधरले भुकृटीमण्डपमा विशाल भेला बोलाउनुभएको छ । भेला भएका साथीहरूको सम्मानका लागि कसरी शान्तिपूर्ण ढंगले निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्नेबारे छलफल भयो । विशेष महाधिवेशनको नाममा भएको बेलाबारे महामन्त्रीहरूसँग संवाद गर्ने कुरा भएको छ,’ विश्वकर्माले भने । उनले अगाडि भने, ‘उहाँहरूले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्नुभएको छ । प्रक्रियालाई विधिसम्मत ढंगले टुंग्याउन, कांग्रेसका मनलाई जोड्न पनि महामन्त्रीसँग छलफल गर्ने कुरामा सभापति तयार हुनुभएको छ ।'