काठमाडौं । सल्यानमा प्रहरी ब्यारेकभित्रै एक जना वरिष्ठ हवल्दार सुतेकै ठाउँमा मृत फेला परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत ४१ वर्षीय वरिष्ठ हवल्दार भीमबहादुर केसी आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
उनी ब्यारेकभित्र ओछ्यानमा मृत अवस्थामा बिहान ६ बजेतिर फेला परेका थिए। केसी पुस २२ गते मात्रै वरिष्ठ हवल्दार पदमा बढुवा भएका थिए। बिहान ६ बजे परेडका लागि उठाउन खोज्दा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ। उनको मृत्यु हृदयाघातका कारण भएको प्रहरीले बताएको छ। घर परिवारले शव बुझेर लगेको पनि प्रहरीले जानकारी दिएको छ।
ब्यारेकभित्रै मृत फेला परे प्रहरीका वरिष्ठ हवल्दार
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत ४१ वर्षीय वरिष्ठ हवल्दार भीमबहादुर केसी आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

