काठमाडौं । हामी नेपाल अभियानका अगुवा सुदन गुरुङले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा-१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
गुरुङले शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु।’
यसअघि उनी गोरखा-२ बाट उम्मेदवार बन्ने चर्चा चलेको थियो। गत निर्वाचनमा गोरखा-२ बाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए।
गोरखा-२ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको क्षेत्र हो। गत निर्वाचनमा उनले प्रचण्डका लागि छोडेका थिए। गुरुङले निर्वाचन लड्ने घोषणा गरेको गोरखा-१ मा गत निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका थिए। उनले ३३ हजार ४२८ मत पाएका थिए।
दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहा तेस्रो नम्बरमा थिए। उनले ४ हजार ८९२ मत पाएका थिए।
गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा