राष्ट्रिय सभा निर्वाचनः एमालेले सार्वजनिक गर्‍यो उम्मेदवार सूची

एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो।

राष्ट्रिय सभा निर्वाचनः एमालेले सार्वजनिक गर्‍यो उम्मेदवार सूची
काठमाडौं । नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्। एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो। मधेस प्रदेशका उम्मेदवार चयन गर्न भने बाँकी रहेको जानकारी उनले दिए।