जुरीखेत दुर्घटना अपडेट : चार जनाको पहिचान खुल्यो

काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको, सुमोमा सवार ९ सवार रहेका थिए भने ६ जनाको हेटौंटा अस्पतालमा निधन भएको छ।

जुरीखेत दुर्घटना अपडेट : चार जनाको पहिचान खुल्यो
काठमाडौं । मकवानपुरमा जीप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ। आइतबार साँझ मकवानपुरको भीमफेदी गाउपालिका–६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाडौ सडक खण्डमा आइतबार साँझ दुर्घटना भएको थियो। काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको, सुमोमा सवार ९ सवार रहेका थिए भने ६ जनाको हेटौंटा अस्पतालमा निधन भएको छ। प्रहरीका अनुसार हेटौडा अस्पतालमा मृत्यु भएकाहरुको विवरणः १. देश भारत बिहार राज्य पटना बस्ने वर्ष ४२ को रजनिस कुमार २. जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका ४ कमलडाँडा बस्ने वर्ष ४० की सबिता लम्साल ३. जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका २ कान्तिराजपथ बस्ने वर्ष ९ को निखिल अग्रवाल ४. देश भारत बिहार राज्य बेगुसराई बस्ने वर्ष ४९/५० को अरबिन्द कुमार ५‍. तत्काल नाम थर वतन नखुलेको वर्ष ३३६ को पुरुष ६. तत्काल नाम थर वतन नखुलेको वर्ष ४० को पुरुष