बागलुङ–२: एमालेबाट प्रत्यक्षतर्फको उम्मेदवारमा देवी भट्टचन, देवकुमारसहित १२ जनाको दावी

नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं.२ ले शुक्रवार गलकोटमा राखेको उमेदवारहरुका आकांक्षीहरुबीचको छलफलमा देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले उमेदवारका लागि दावी गरेको हुन् ।

बागलुङ–२: एमालेबाट प्रत्यक्षतर्फको उम्मेदवारमा देवी भट्टचन, देवकुमारसहित १२ जनाको दावी
बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं.२ बाट एमालेका नेताहरु देवी प्रकाश भट्टचन र देव कुमार नेपाली उमेदवारका लागि दावी गरेका छन् । नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं.२ ले शुक्रवार गलकोटमा राखेको उमेदवारहरुका आकांक्षीहरुबीचको छलफलमा देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले उमेदवारका लागि दावी गरेको हुन् । एमालेका एक नेताका अनुसार आफु निकटका व्यक्तिहरुमार्फत भट्टचन र नेपालीले प्रत्यक्षतर्फको उमेदवारका लागि आफुहरुको दावी रहेको बताएका थिए । निवर्तमान सांसद तथा प्रभु ग्रुपका सञ्चालक भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तरगतको कसुरमा गत कात्तिक १२ गते पक्राउ गरेको थियो । उनको स्वास्थ्यमा देखिएको समस्याका कारण अदालतले बाहिरै राखेर अनुसन्धान गर्ने आदेश दिएपछि सिविआइले कात्तिक २६ गते रिहा गरेको थियो । उमेदवार दावी गरेका ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरुको वचत अपचलन गरेको आरोपमा हाल बागलुङ कारागारमा छन् । भट्टचन र नेपाली सहित एमाले केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, प्रदेश कमिटि सदस्यहरु भीम प्रसाद शेरचन (सुनिल), टंक प्रसाद पौडेल र तिलक उप्रेती, पूर्व प्रदेश कमिटी सदस्य यामबहादुर श्रीष, पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जिल्ला कमिटी सदस्य युवराज महत, पूर्व जिल्ला कमिटी सदस्य अमरसिंह घर्ति, बागलुङ काठमाडौं सम्पर्क मञ्चका दलबिर भण्डारी, गलकोट नगर कमिटीका उपाध्यक्ष इश्वर बोहोराले उमेदवारका लागि दावी गरेका छन् ।