५५ जना बोकेको बुद्ध एयरको विमान रनवेबाट चिप्लियो

उनले भने, ‘जहाजमा ५१ यात्रु र चारजना चालक दलका सदस्य गरी ५५ जना थिए। सबैजना सकशुल छन्।’ जिल्ला प्रशासन कार्यालय झापाका अनुसार विमानमा केही क्षति पुगेको छ।

५५ जना बोकेको बुद्ध एयरको विमान रनवेबाट चिप्लियो
काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुर गएको बुद्ध एयरको विमान शुक्रबार साँझ भद्रपुर विमानस्थलको रनवेबाट चिप्लिएको छ। उडान नम्बर ९०१ को नाइनएन एएमफ विमान अवतरणपछि रनवेबाट चिप्लिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। उनले भने, ‘जहाजमा ५१ यात्रु र चारजना चालक दलका सदस्य गरी ५५ जना थिए। सबैजना सकशुल छन्।’ जिल्ला प्रशासन कार्यालय झापाका अनुसार विमानमा केही क्षति पुगेको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘विमानमा सामान्य क्षति भएको छ। यात्रु र चालक दलका सदस्य सबै सकुशल छन्।’ गेलालका अनुसार सबै यात्रुको उद्धार भइसकेको छ। विमान साँझ ९ बजेर ७ मिनेटको समयमा चिप्लिएको थियो। विमान दुई सय मिटर पर चिप्लिएर खोल्सीमा झरेको छ।