प्रधानमन्त्री प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भएका छन्।

प्रधानमन्त्री प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भएका छन्। उनलाई १ फागुनदेखि नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। २० वर्षदेखी आइटीको क्षेत्रमा काम गरिरहेका रायमाझी सुरुदेखी नै प्रचण्डको सचिवालयमा कार्यरत थिए।   वेबसाइट निर्माण, सामाजिक संजाल लगायतका विषयमा रायमाझी अनुभवी मानिन्छन्। दुई सय भन्दा बढी वेबसाइट डिजाइन र निर्माण गरेका उनी स्किमा टेक्नोलोजी प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन्।