महाधिवेशनबारे गगन–विश्व आक्रामक बनेपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार १५औँ महाधिवेशन स्थगित भएको घोषणा गर्दै अब विशेष महाधिवेशन हुने सूचना जारी गरेका थिए ।

महाधिवेशनबारे गगन–विश्व आक्रामक बनेपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार १५औँ महाधिवेशन स्थगित भएको घोषणा गर्दै अब विशेष महाधिवेशन हुने सूचना जारी गरेका थिए ।