सरकार र अनशनरत निकोलसबीचको वार्ता निष्कर्षविहीन

माइतीघरमा अनशन बस्दै आएका दुवैको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । बुधबार बेलुकी अस्पताल पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालले डा. भुसालसँग भेट गरेका थिए।

सरकार र अनशनरत निकोलसबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं । अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकारले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ । डा. भुसाल र विष्ट पछिल्लो दश दिनदेखि आमरण अनशनमा छन् । २१ फागुनको निर्वाचन रोकी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई रिहा गर्नुपर्ने लगायतका माग राखेर दुवै अनशनरत छन् । आज भएको वार्तामा सरकारी पक्षबाट मुद्दाका बारेमा थप अध्ययन गरी अर्को दिन प्रधानमन्त्रीसँग वार्ता गर्ने सहमति भएको छ । माइतीघरमा अनशन बस्दै आएका दुवैको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । बुधबार बेलुकी अस्पताल पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालले डा. भुसालसँग भेट गरेका थिए।