रवि, बालेन र कुलमानबीच एकता गर्ने सहमति

आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा सुदन गुरुङले बताए। तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। केही समयमा नै रवि, बालेन र कुलमानले नै सम्झौतापत्र सार्वजनिक गर्ने गुरुङले बताएका छन् ।

रवि, बालेन र कुलमानबीच एकता गर्ने सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ। आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा सुदन गुरुङले बताए। तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। केही समयमा नै रवि, बालेन र कुलमानले नै सम्झौतापत्र सार्वजनिक गर्ने गुरुङले बताएका छन् ।