नेपाली कम्युनिष्ट पार्टी र नाउपाबीच एकता, सहमतिपत्रमा हस्ताक्षर

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ । दुबै पार्टीका तिनै तहका जनप्रतिनिधि नेकपाका हुने सहमतिमा उल्लेख छ ।

नेपाली कम्युनिष्ट पार्टी र नाउपाबीच एकता, सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी नाउपाबीच पार्टी एकता भएको छ । आज पेरिसडाडामा भएको वार्तापछि दुई पार्टी एक भएका हुन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ । दुबै पार्टीका तिनै तहका जनप्रतिनिधि नेकपाका हुने सहमतिमा उल्लेख छ । नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ नेकपाको तर्फबाट संयोजक पुष्पकमल दाहल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।