काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ ।
रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । लामिछानेले भने अहिले प्रतिशत भन्ने भन्दा पनि राम्रा मान्छेहरू सहभागी गराउनुपर्ने अडान लिएका थिए ।
त्यसपछि जेन-जी आन्दोलनमा सहभागी युवा तथा स्वच्छ छविका मानिसहरूलाई पार्टीमा सहभागी गराउनेबारे रवि र बालेनबीच सहमति भएको हो । रास्वपा र बालेनबीचको वार्तामा रास्वपाका तर्फबाट सहभागी शिशिर खनालले पार्टीको दोस्रो वरीयतामा बालेन रहने गरी सहमति भएको बताए ।
बालेनले अहिले कुनै पनि पद नमागे पनि पार्टीमा दोस्रो वरीयता हुने भएको हो ।
रास्वपामा बालेन्द्र शाहलाई दोस्रो वरीयता