बागलुङ । नेपाली कम्युनिष्ट पार्टी बागलुङले ३० जना उम्मेदवार सिफारिस गरेको छ । दुई वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १३ जना, समानुपातितर्फ १५ जना र राष्ट्रिय सभाका लागि २ जना सिफारिस गरिएको कार्यदलका अध्यक्ष प्रकाश घर्तीमगरले जानकारी दिए ।
बागलुङ -१ बाट
उनका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ देवेन्द्र पौडेल, कृष्णबहादुर केसी, बाबुकाजी केसी, पिङ्गलराज गौतम, चिनीमाया काला मगर र कुलचन्द्र शर्मा सिफारिस भएका छन् । यस्तै समानुपातिक तर्फ चेतबहादुर पुन बलावति शर्मा, ज्ञानीकुमारी थापामगर, सिता शर्मा, गगन बहादुर पुन, टीका कुमारी विश्वकर्मा, निर्मलबहादुर श्रेष्ठ र आरती शर्मा सिफारिस भएका छन् ।
बागलुङ-२ बाट
बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा ज्ञामनाथ गैरे अनिल, कमल प्रसाद घिमिरे, हर्क थापा, केशरी घर्तीमगर, चन्द्रलाल अर्याल, दिवस खत्री र अविशेकजंग श्रीपाली सिफारिस भएका छन् । यस्तै समानुपातिक तर्फ निलबहादुर पुन, मेखबहादुर विक, केशर छन्त्याल, गंगाबहादुर भुजेल, झकप्रसाद विक, अनिल विक र मनकुमारी विक सिफारिस भएका छन् ।
राष्ट्रिय सभा
राष्ट्रिय सभामा पदमबहादुर पुन र रुद्र प्रसाद शर्माको नाम सिफारिस गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी बागलुङले सिफारिस गर्यो ३० जना उम्मेदवार, को-कहाँबाट ?
नेपाली कम्युनिष्ट पार्टी बागलुङले ३० जना उम्मेदवार सिफारिस गरेको छ । दुई वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १३ जना, समानुपातितर्फ १५ जना र राष्ट्रिय सभाका लागि २ जना सिफारिस गरिएको अध्यक्ष प्रकाश घर्तीमगरले जानकारी दिए ।

