सांसद चन्द्र भण्डारीलाई उपचारको लागि श्री एयरलाइन्सबाट भारतको मुम्बई लैजाने तयारी

गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले सिफारिस गरेका छन्।

सांसद चन्द्र भण्डारीलाई उपचारको लागि श्री एयरलाइन्सबाट भारतको मुम्बई लैजाने तयारी
काठमाडौं । गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले सिफारिस गरेका छन्। अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। घाइते सांसद भण्डारीलाई उपचारको लागि भारतको मुम्बई लग्ने तयारी भइरहेको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल बर्न हस्पिटल लग्ने तयारी भइरहेको हो। बुधवार राति खाना पकाउने ग्यास पड्किँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी गम्भीर घाइते भएका छन्। गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद काठमाडौंको बुद्धनगरमा बस्दै आएका छन्। बुधवार राति करिब साढे १० बजे ग्यास विस्फोट भएको थियो। उपचाररत भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेताहरु अस्पताल पुगेका छन्। कांग्रेस नेता गगन थापा, शाशंक कोइराला, विश्वप्रकाश शर्मालगायत नेताहरु अस्पताल पुगेका हुन्।