बडिगाडका आगलागी पीडितलाई लायन्स क्लब अफ ढोरपाटनको सहयोग

बडिगाड -५ दाँगमा बस्ने चन्दन घर्तिको घर गत मंसिर ७ गते आगलागी भइ घर्ती घाइते भएका थिए । आगलागीबाट ५ वटा बोका ४ वटा बाख्रा जलेर नष्ट भएका थिए भने २ वटा भैंसी घाइते भएका थिए । आगलागीका कारण ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

बडिगाडका आगलागी पीडितलाई लायन्स क्लब अफ ढोरपाटनको सहयोग
राम प्रसाद घिमिरे, बडिगाड ।
बागलुङको पश्चिम क्षेत्रमा रहेको बडिगाड गाउँपालिकामा आगलागीबाट पिडित बनेको एक परिवारलाई लायन्स क्लब अफ ढोरपाटन सहयोग हस्तान्तरण गरेको छ । शनिबार घरमै पुगेर क्लबले सहयोग हस्तान्तरण गरेको हो । 
बडिगाड गाउँपालिका वडा नं. ५ दाँग आगलागीबाट पीडित भएको परिवारलाई क्लबले २६ हजार ५ सय नगद सहित अतिआवश्यक समाग्रीहरु सहयोग गरेको क्लबका अध्यक्ष तेजेन्द्र केसीले बताए । “जहाँ आवश्यकता हुन्छ, त्यहा लायन हुन्छ” भन्ने उद्देश्य बोकेको लायन्सको मर्मलाई आत्मसात गर्दै लायन्स क्लबले आगलागी पीडितलाई नगदसहित ४० हजार बढिको सामाग्रीहरु सहयोग गरेको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ के का जोन चेयर पर्सन राम आचार्यले जानकारी दिए । बडिगाड -५ दाँगमा बस्ने चन्दन घर्तिको घर गत मंसिर ७ गते आगलागी भइ घर्ती घाइते भएका थिए । आगलागीबाट ५ वटा बोका ४ वटा बाख्रा जलेर नष्ट भएका थिए भने २ वटा भैंसी घाइते भएका थिए । आगलागीका कारण ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागीबाट पीडामा परेको घर्ती परिवारलाई लायन्सको सहयोगले केही राहतको महसुस गर्दै पीडित घर्तिले खुसी व्यक्त गरे ।