प्रचण्ड र सञ्चारमन्त्रीबीच भेटवार्ता

प्रचण्डलाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’

प्रचण्ड र सञ्चारमन्त्रीबीच भेटवार्ता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा चुनाव हुनुपर्ने बताएका छन्। सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा प्रचण्डले चुनावको विकल्प नभएको बताए। प्रचण्डलाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले पनि सरकारले निर्वाचनको वातावरण बनाए चुनावमा जाने बताएको उनले सुनाए। प्रधानमन्त्री पनि चुनावको वातावरण बनाउनको लागि राजनीतिक दलसँग कुरा गरिरहेको बताए।