रास्वापा सभापति रवि र बालेनबीच भेटवार्ता

उनीहरुबीच सोमबार साँझ रास्वपा नेता असिम साहको घरमा भेटघाट भएको थियो। आउँदो चुनावमा रवि र बालेनलाई मिलाएर लैजाने प्रयास भइरहेको छ।

रास्वापा सभापति रवि र बालेनबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता जारी छ। रास्वपाका नेता गणेश कार्कीका अनुसार उनीहरुबीच केही बेरअघि भेटघाट सुरु भएको हो। बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरु बर्तामा बसेका हुन्। उनीहरुबीच सोमबार साँझ रास्वपा नेता असिम साहको घरमा भेटघाट भएको थियो। आउँदो चुनावमा रवि र बालेनलाई मिलाएर लैजाने प्रयास भइरहेको छ।