बालाजुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

बालाजु बाइसधारा गेट आगाडि राति करिब साढे १० बजे बागमती प्रदेश ०१-००६ ख ३४५४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनापछि ट्रकलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ।

बालाजुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते
काठमाडौं । काठमाडौंको बालाजुमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक गम्भीर घाइते भएका प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। बालाजु बाइसधारा गेट आगाडि राति करिब साढे १० बजे बागमती प्रदेश ०१-००६ ख ३४५४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनापछि ट्रकलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ।