प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

शुक्रबार (पुस ४ गते) सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका हुन्।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। आइतबार साँझ उनीसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम पुगेका हुन्। अहिले उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। शुक्रबार (पुस ४ गते) सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका हुन्।