मधेश प्रदेशका सभामुख यादवले लिए शपथ

उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् । यसअघि आजै बसेको प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए । उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उमेदवारी दिएका थिए ।

मधेश प्रदेशका सभामुख यादवले लिए शपथ
काठमाडौं । मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामअशीष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाबाट आजै सभामुखमा निर्वाचित भएका यादवले शपथ ग्रहण गरेका हुन् । उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् । यसअघि आजै बसेको प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए । उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उमेदवारी दिएका थिए ।