काठमाडौं आइपुगे रवि, भेटे जेनजी शहिद र घाइते परिवार

चितवनबाट बुद्ध एयरको विमानबाट काठमाडौं आएको प्रवक्ता मनिष झाले बताए। काठमाडौं आएर उनले आजै जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेटेका छन् ।

काठमाडौं आइपुगे रवि, भेटे जेनजी शहिद र घाइते परिवार
काठमाडौं । रास्वपाको सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन्। हिजो रिहा भएका लामिछानेले भरतपुर चौबीस कोटी विशेष सम्बोधन गरेलगत्तै काठमाडौं आइपुगेका हुन्। चितवनबाट बुद्ध एयरको विमानबाट काठमाडौं आएको प्रवक्ता मनिष झाले बताए। काठमाडौं आएर उनले आजै जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेटेका छन् ।