काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ।
उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्। एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ।
प्रदेश सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता कुमारी राउत ईशरले शुक्रबार साँझ विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन्। उनले भनिन्, ‘माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ४३ को उपनियम ४ बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त राख्नु भएको प्रस्तावको पक्षमा ९२ मत परेको र उक्त मत संख्या नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्। एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ।

