काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । प्रतिनिधिहरू रातभरि लाइनमा बसेर मतदान गरेका थिए। बिहीबार बिहान मतदान सकिएको हो । एक प्रतिनिधिलाई मतदान गर्नका लागि औसत ३५ मिनेट लागेको थियो । जारी महाधिवेशनका लागि २२६३ जना प्रतिनिधि चयन भएका थिए। मतदानका लागि २२२७ प्रतिनिधि उपस्थित भएको निर्वाचन आयोगले जनाएको छ। केही प्रतिनिधि स्वास्थ्य र विविध कारणले अनुपस्थित रहे।
अनुपस्थित हुने प्रतिनिधि
झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी अनुपस्थित रहे।
त्यस्तै दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली अनुपस्थिथि रहे।
केन्द्रीय सदस्य बसन्त नम्वाङ पनि मतदानमा उपस्थित भएनन्। उनी बिरामी परेका कारण मतदानमा उपस्थित नभएको उनीनिकट प्रतिनिधिहरूले जनाएका छन्।
यसअघि केन्द्रीय सदस्यहरू रहेका मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशीले पनि मतदान गरेनन्।
अनुशासन आयोगको पूर्वसदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीप प्याकुरेल उपस्थित भएनन्। समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले पनि मतदान गरेनन्।
एमाले महाधिवेशनः यी ३६ प्रतिनिधि रहे अनुपस्थित (सूचीसहित)
त्यस्तै दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली अनुपस्थिथि रहे।

