काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा आज मतदान भइरहेको छ। आज बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो। दिउँसो सवा २ बजेसम्म ५३२ जनाले मतदान गरेको पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ।
एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्। एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने र लगत्तै गणना गर्ने जनाएको छ।
अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ। मतदान भृकुटीमण्डपमै भइरहेको छ।
एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ। विद्युतीय मेसिनमा मतदान भइरहेको
एमाले महाधिवेशन : ५ घन्टामा ५३२ मत खस्यो
अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ। मतदान भृकुटीमण्डपमै भइरहेको छ।