सरकार र प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता, को–को छन् सहभागी ?

सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनाल रहेका छन् ।

सरकार र प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता, को–को छन् सहभागी ?
काठमाडौं । सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो । वार्तामा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बू, देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन् । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका छन् । आजको वार्ताको निचोडपछि अभियानको संयोजक दुर्गा प्रसाईंसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ । सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनाल रहेका छन् ।