एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि

एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्। प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन् ।

एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि
काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्। आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटकपटक सारिएको थियो। मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ। एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्। प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन् ।