एमाले महाधिवेशन : केपी ओली टिमले तयार पार्यो 'फाइनल लिस्ट' (सूचीसहित)

उनलाई ईश्वर पोखरेल समूहले पनि आफ्नो सूचीमा राखेको छ । ११ औं महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि एमालेमा आज (मंगलबार) मतदान हुँदैछ ।

एमाले महाधिवेशन : केपी ओली टिमले तयार पार्यो 'फाइनल लिस्ट' (सूचीसहित)
काठमाडौं । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका रघुजी पन्त संस्थापन पक्षको तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनेका छन् । प्रदीप ज्ञवालीले उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार गरेपछि संस्थापन पक्षको एउटा सीट खाली थियो । रघु पन्तलाई समेत समावेश गरेर केपी शर्मा ओली समूहले मंगलबार ‘फाइनल लिस्ट’ तयार गरेको छ । केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुहाङ नेम्वाङ पनि ओली समूहको आधिकारिक उम्मेदवार बनेका छन् । उनलाई ईश्वर पोखरेल समूहले पनि आफ्नो सूचीमा राखेको छ । ११ औं महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि एमालेमा आज (मंगलबार) मतदान हुँदैछ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ओली टिममा को-को छन् यहाँ क्लिक गर्नुहोस्