सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा, को-कहाँ ?

यसअघि मानव स्रोत विभागका कार्यरत वंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। सीमा सुरक्षा विभागमा रहेका गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ।

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा, को-कहाँ ?
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका सबै एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। मानव स्रोत विभागमा एआईजी नारायणदत्त पौडेललाई सरुवा गरिएको छ। यसअघि उनी कार्य विभागमा कार्यरत थिए। यसअघि मानव स्रोत विभागका कार्यरत वंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। सीमा सुरक्षा विभागमा रहेका गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ।