राजेन्द्र गौतमले फिर्ता लिए उपमहासचिवको उम्मेदवारी

उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए। ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार बनेपछि गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

राजेन्द्र गौतमले फिर्ता लिए उपमहासचिवको उम्मेदवारी
काठमाडौं । नेकपा (एमाले)का नेता राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्। गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको जानकारी दिए । यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा उनको नाम भने रहनेछ। गौतम यसअघि एमालेको प्रचार विभाग प्रमुख हुन्। उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए। ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार बनेपछि गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दिएका थिए।