काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।
सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।
विवरण दर्ता अपरेटरको रूपमा कार्यरत महालक्ष्मी नगरपालिका ३ इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर १३ बस्ने २८ वर्षीय आशिषबाबु कुमाललाई पक्राउ गरेको हो। उनीहरूलाई सिआइबीले शनिबार पक्राउ गरेको हो।
उनीहरूमाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को परिच्छेद ६ को दफा ४१ अनुसार अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।
राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ
सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।