आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।