डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते

लमही प्रहरीका अनुसार दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते
काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका १ को कोडिया पुल नजिक दुर्घटना भएको हो। लमही प्रहरीका अनुसार दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।